२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसुनको भाउ १ हजार ६०० रुपैयाँ घट्यो 

सुनको भाउ १ हजार ६०० रुपैयाँ घट्यो 


काठमाडौं – सुनको भाउ एक हजार ६०० रुपैयाँल घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

यता, बुधबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २०५ रुपैयाँ कायम रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट
ट्याग : #नेपाल सुन चाँदी व्यवसायी महासंघ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ