काठमाडौं । हवाई भाडा फेरि बढेको छ ।
नेपाल आयल निगमले असार २० गते हवाई इन्धनको मुल्य प्रतिलिटर ५ रुपैयाँले बढाएसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा पुन बढाएका छन ।
वायु सेवा संचालक संघको अनुसार काठमाडौबाट सबैभन्दा लामो दुरीमा चल्ने धनगढीको भाडा २ सय २० रुपैयाँले बढेको छ । यात्रुलाइ अब काठमाडौंबाट धनगढीसम्म पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ चाहिन्छ । काठमाडौंबाट सिमराका लागि सबैभन्दा कम ४५ रुपैयाँले बढेको छ । यो रुटमा अब अधिकतम ४ हजार २ सय ४० रुपैयाँ भाडा लाग्ने भएको छ ।
काठमाडौंबाट माउन्टेन फ्लाइटका लागि १४ हजार ८ सय ९० रुपैयाँ तय भएकाे छ । माउन्टेन फ्लाइटकाे भाडन १ सय ७० रुपैयाँले बढेकाे छ ।
त्यस्तै, काठमाडौंबाट विराटगरसम्म जान अधिकतम १० हजार २ सय ५ रुपैयाँ लाग्ने छ । बिराटनगरको भाडा १ सय २५ रुपैयाँले बढेको छ । काठमाडौंदेखि भद्रपुरसम्मको भाडा १ सय ५० रुपैयाले बढेर १२ हजार ९ सय ९५ रुपैयाँ, काठमाडौंदेखि जनकपुरसम्मको भाडा ६५ रुपैयाले बढेर ५ हजार ८ सय ६० रुपैयाँ ,काठमाडौंदेखि पोखरासम्मको भाडा ८० रुपैयाँले बढेर ६ हजार ९ सय ८५ रुपैया पुगेको छ ।
साथै, काठमाडौंदेखि भैरवाहसम्मको भाडा १ सय रुपैयाले बढेर ८ हजार ६ सय ७५ रुपैयाँ, काठमाडौंदेखि भरतपुरसम्मको भाडा ५५ रुपैयाले बढेर ४ हजार ९ सय ९० रुपैयाँ, काठमाडौंदेखि नेपालगञ्जसम्मको भाडा १ सय ६५ रुपैयाले बढेर १३ हजार ९ सय ८० रुपैयाँ, काठमाडौंदेखि तुम्लिङटारम्मको भाडा ९५ रुपैयाले बढेर ८ हजार २ सय ५ रुपैयाँ , काठमाडौंदेखि राजविराजम्मको भाडा १ सय रुपैयाले बढेर ८ हजार ७ सय ५५ रुपैयाँ , काठमाडौंदेखि सुर्खतम्मको भाडा १ सय ७० रुपैयाले बढेर १४ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ ।