२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटदराजले आयोजना गर्यो पहिलो बार्षिक दराज समिट

दराजले आयोजना गर्यो पहिलो बार्षिक दराज समिट


काठमाडौं । नेपालको अग्रणी अनलाइन बजारले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन सम्पन्न गरेको छ । दराजले यही असार १९ मा काठमाडौंको याक एण्ड यति होटल उक्त समिट सम्पन्न गरेको हो ।

एक दिनको यो उक्त कार्यक्रममा आ-आफ्नो क्षेत्रका विज्ञहरु सहित तीन फरक प्यानलहरु रहेका थिए भने प्रमुख वक्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेय र एमओसीआईटीका सचिव डा वैकुण्ठ अर्याल, विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी रहेका थिए ।

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले कसरी कमर्सको माध्यमबाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव पार्ने लक्ष्य राखेको छ भनी बताइन । सोही सन्धर्भमा उनले दराज “परिवर्तनको एक सक्रिय च्यानल“ हुन खोजेको पनि बताइन ।

तीनवटा प्यानलले ‘नेपालमा परम्परागत कमर्सबाट ई-कमर्ससम्म’, ‘ब्लेन्डिङ अफ द मार्केट प्लेस एण्ड कमर्स फर डिजिटल इकोनोमी’ र ‘अपलिफ्टिङ कम्युनिटी थ्रु द पावर अफ डिजिटल कमर्स इन नेपाल’ विषयहरू समेटेका थिए । छलफलमा सहभागी प्यानलमा गुरुप्रसाद पौडेल, राष्ट्र बैंक; अम्बिका श्रेष्ठ, द्वारिकाज होटल; ओमेश लाल श्रेष्ठ, सी एह एस सोलुसन र सिल्भर लाइनिङ; र विमल अर्याल, दराज नेपाल, सुरेश श्रेष्ठ, उद्योग विभाग; शंकर उप्रेती, हाम्रो पात्रो; आयुष श्रेष्ठ, क्लाउड फ्याक्ट्री; र सन्तोष पाण्डे, ओहो केक एण्ड अफरिङ ह्याप्पिनेस गोविन्दबहादुर कार्की, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; दिलीप अग्रवाल, वर्ल्डलिंक कम्युनिकेसन्स; सञ्जीव सुब्बा, नेपीएस र आँचल कुँवर, दराज नेपाल, रहेका थिए।

कार्यक्रमको समापन गर्नुअघि दराज नेपालका मार्केटिङ प्रमुख प्रणय केसीले दराज समिट २०२२ का सबै अतिथि तथा सहभागीहरूलाई सम्पूणर् संस्थाको तर्फबाट कृतज्ञता र सम्मान प्रकट गरे ।

विगत चार वर्षमा दराजले नेपालमा सेवा प्रदान गर्दै आएको स्थानीयको माग पूरा गर्न भरपर्दो, उपयोगी र लोकप्रिय बजार स्थान बनाउन सफल भएको छ । १५,००० भन्दा बढी बिक्रेताहरू, प्रति महिना १५ लाख सक्रिय एप प्रयोगकर्ताहरू र नेपालका १०१ सहरहरूमा डेलिभरीका साथ, दराजले द्रुत रूपमा ईकमर्स स्पेसमा क्रान्तिकारी परिवर्तन गरेको छ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ