२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसामसङको ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन बजारमा

सामसङको ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन बजारमा


काठमाडौं । नेपाली बजारमा सामसङले ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन ल्याएको छ । नेपालमा पहिलोपल्ट ग्यालेक्सी जेट फोल्ड २, थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

“अविश्वसनीय इन्जिनिएरिङ तथा बोल्ड डिजाइनले सजिएको ग्यालेक्सी जेट फोल्ड २ ले मोबाइल अनुभव पूणर् रुपमा बदल्छ । स्मार्टफोन अत्याधुनिक टेक्नोलोजी प्रेमीहरुलाई लक्षित गरी तयार गरिएको हो । अझ ठूलो कभर स्क्रिन, ठूलो स्क्रिन, ग्यालेक्सी जेट फोल्ड२ विशेष डिजाइन र कलात्मक नयाँ फिचरले भरिपूणर् छ जसले युनिक मोबाइल अनुभव दिन्छ । यो स्मार्टफोन दैनिक जीवनको आवश्यकतालाई मध्यनजर गरी तयार गरिएको हो,” कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सोलिड डिजाइन तथा एक्सपर्ट क्राफ्टम्यानसिप सजिएको ग्यालेक्सी जेट फोल्ड २, विशेष र परिष्कृत डिजाइनले रि-इन्जिनियरिङ गरिएको छ । जसले स्मुथ र हाई एन्ड अनुभव दिने जनाइएको छ । “सामसङ अल्ट्रा(थिन ग्लास मेन स्क्रिनमा राखिएको छ । जसले प्रिमियम तथा परिष्कृत डिस्प्ले अनुभव दिन्छ । यस्को डिजाइन हाइडवे हिन्जले बाँधिएको हुन्छ जुन डिभाइस बडीसँग मज्जाले फिट हुन्छ । जुन सिएएम मेकानिज्मभित्र रहेर यसले न्यु फ्लेक्स अनुभव दिन्छ ।”

ग्यालेक्सी जेट फोल्ड २ बोल्ड डिजाइन तथा एड्भान्स इन्जिनियरिङले सजिएको जनाइएको छ ।

इमरसिभ कन्टेन्ट एक्सपिरेन्स

ग्यालेक्सी जेट फोल्ड २, १५.७४ सेमी (६.२ इन्च), इनफिनिटि(ओ स्क्रिन कभरको हरेकपल्ट डिभाइस अनफोल्ड नगरिकन, मेल चेक गर्न तथा आफूलाई मन परेको कन्टेन्ट हेर्न अधिकतम उपयोग गर्न सकिन्छ । जब अनफोल्ड गरिन्छ १९.३० से मी (७.६ इन्च) न्यूनतम बेजलको फाइदा लिन सकिन्छ ।

आफूले चाहेजस्तै गरी प्रयोग गर्न सकिने सुविधा

कभर र मेन स्क्रिनबीचमा बाउन्ड्री विस्तार गरी विस्तारित क्षेत्रको उपयोगीता प्रदान गर्न यसमा फ्लेक्स मोडलाई फोनसँग पेयर गर्न सकिने सुविधा रहेको छ । यसको सहज एवं फेक्जिविलिटीले गर्दा प्रयोगकर्तालाई सामग्रीहरुको सिर्जना गर्न वा हेर्न थप सहजता प्रदान गर्दछ ।

आवश्यकतालाई सहजै पूरा गर्ने लचिलोपन ः

फ्लेक्स मोडले थर्दा यस फोनमा रियल टाइममै विषयवस्तुहरु कैद गरी त्यस्ता विषयवस्तुहरुलाई सहजै व्यवस्थापन गर्न सकिन्छ । यसको क्याप्चर भ्यू मोडलले तपाइँलाई क्यामरालाई छोड्नु नै पर्दैन । तपाईंले स्पष्टसँग फोटो वा भिडियोहरुका मोस्ट रिसेन्ट पाँच वटा तस्बिर वा भिडिऔ मेन स्क्रिनको तलपट्टी देखा पर्दछ र अर्को फोटोको प्रिभ्यू टप हाफमा देखा पर्दछ ।
ग्यालेक्सी जेट फोल्ड२ मा ह्याण्डस् फ्रिको अवस्थामा पनि भिडियो रेकर्ड गर्ने सुविधा उपलब्ध रहेको छ र चलिरहेकै अवस्थामा पनि विषय निर्धारण गर्न सकिने लगाएको विशेषता रहेको कम्पनीले दाबी गरेको छ ।

मूल्य एवम् सुविधाहरु ः

ग्यालेक्सी जेट फोल्ड२ को नेपाली मूल्य २ लाख ५० हजार रहेको छ । ग्यालेक्सी जेट फोल्ड२ विभिन्न दुई रंगमा उपलब्ध रहेको छ भने यो फोन खरिद गर्नेलाई एक पटकको लागि एनएलजि इस्युरेन्समार्फत् टुटफुटमा १ वर्षको बीमा सुविधा पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ