काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ ।
संस्थाको आर्थिक बर्ष २०७९/०८० को वित्तीय विवरण अनुसार संस्थाले ७० लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो आर्थिक वर्ष २०७८/०७९को तुलनामा ६७.८ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको यही अवधिसम्ममा संस्थाले २ करोड १८ लाख हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
आव २०७८/०७९असारमसान्त सम्ममा १३ करोड ४९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको संस्थाले आव २०७९/०८० असारमसान्त सम्ममा ११ करोड ५१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
त्यस्तै समिक्षा अवधिमा संस्थाको संचालन नाफा ५६.ं८३ घटेर ९८ लाख ८८ हजार रुपैयाँ पुगेको छ भने बैंकको वितरण योग्य नाफा ८३ लाख ७९ रुपैयाँ रहेको छ ।
यस अवधिमा संस्थाले १ अर्ब ६२ करोड रुपैयाँ सापटी लिई २ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने संस्थाको निक्षेप संकलन ५५ करोड ४ लाख रुपैया पुगेको छ ।
१५ करोड १५ लाख ५४ हजाररुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोष घटेर ३ करोड ५९ लाख रुपैयाँ सिमित पुगेको छ ।
यस अवधिमा संस्थको प्रतिसेयर आम्दानी (ईपीएस) ६.८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३१.१३र प्रतिसेयर नेटवर्थ १२९.२ रुपैयाँ रहेको छ ।
गत वर्ष संस्थाको खराब कर्जा १ं.६४ प्रतिशत रहेकोमा यस आवमा यो बढेर ४.५२ प्रतिशत पुगेको छ । यस्तै, संस्थाको लागत ११.८२ प्रतिशत र आधार दर २०.७४ प्रतिशत छ ।