काठमाडाैं । खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक २०७९/०८०मा घाटा व्यहोरेको छ ।
आर्थिक बर्ष २०७८/०७९ मा १५ करोड ९० लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लक्ष्मी लघुवित्तको यस अवधिमा यस्ताे नाफा ८ करोड ३० लाख ६४ हजार रुपैयाँ ऋणात्मक भएको छ ।
समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३१.३२ प्रतिशतले घटेर ३६ करोड ६९ लाख ९७ हजार रुपैयाँमा सिमित हुन पुग्यो । अघिल्लो आवमा यस्तो आम्दानी ५३ करोड ४३ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।
अघिल्लो यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २० करोड ६९ लाख ६२ हजार रुपैयाँमा रहेको थियो भने समीक्षा अवधिमा संस्थाको सञ्चालन घाटा ८ करोड ३४ लाख ८० हजार रुपैयाँ भएको छ ।
अघिल्लो वर्ष ४ अर्ब ४५ करोड ५५ लाख रुपैयाँ सापटी लिई ७ अर्ब ७० करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको लक्ष्मीले समीक्षा अवधिमा ३ अर्ब २ करोड १२ लाख रुपैयाँ सापटी लिई ५ अर्ब ७६ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
सय अवधिमा संस्थाको निक्षेप संकलन २ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाको विरतणयोग्य मुनाफा भने ६ करोड ९० लाख ९८ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष २१ करोड ३९ लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर २१ करोड ५४ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा संस्थाको निष्क्रिय कर्जा बढेर ८.३६ प्रतिशत पुगेको छ । अघिल्लो बर्ष संस्थाको निष्क्रिय कर्जा ३.३७ प्रतिशत रहेको थियो । खराब कर्जा बढेपछी संस्थाले १३ करोड ३ लाख २७ हजार रुपैयाँ कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था गरेको छ ।
चुक्तापुँजी ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १८.८१ रुपैयाँले ऋणात्मक भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १७९.०१ रुपैयाँ रहेको छ।