२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङकालिका लघुवित्तको नाफा ६४.०१ प्रतिशतले घट्यो

कालिका लघुवित्तको नाफा ६४.०१ प्रतिशतले घट्यो


काठमाडौ । आर्थिक २०७९/०८०मा कालिका लघुवित्त वित्तीय संस्थाको नाफा ६४.०१ प्रतिशतले घटेको छ ।

संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा १२ करोड ८४ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस अवधिमा यस्तो नाफा घटेर ४ करोड ६२ लाख ४३ हजार रुपैयाँमा सिमित हुन पुग्यो ।

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १३.४८ प्रतिशतले घटेर २५ करोड ५० लाख ५५ हजार रुपैयाँमा सिमित हुन पुग्यो । अघिल्लो आवमा यस्तो आम्दानी २९ करोड ४७ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १८ करोड ३७ लाख ४७ हजार रुपैयाँमा रहेकाोमा समीक्षा अवधिमा संस्थाको यस्तो मुनाफा घटेर ६ करोड ६० लाख ६१ हजार रुपैयाँ भएको छ ।

अघिल्लो वर्ष १ अर्ब ८६ करोड ९३ लाख रुपैयाँ सापटी लिई ३ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको लक्ष्मीले समीक्षा अवधिमा १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँ सापटी लिई ३ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा संस्थाको निक्षेप संकलन १ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाको विरतणयोग्य मुनाफा भने २ करोड ३१ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
संस्थाको रिजर्भको आकार ११ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा संस्थाको निष्क्रिय कर्जा बढेर ४ं.१३ प्रतिशत पुगेको छ । अघिल्लो बर्ष संस्थाको निष्क्रिय कर्जा ३.११ प्रतिशत रहेको थियो । खराब कर्जा बढेपछी संस्थाले ४९ लाख २ हजार रुपैयाँ कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था गरेको छ ।

चुक्तापुँजी ३७ करोड २३ लाख २१ हजार रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १२.४२ रुपैयाँ भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १४९.०७ रुपैयाँ रहेको छ।


क्याटेगोरी : बैंकिङ, लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ