काठमाडौ । आर्थिक २०७९/०८० मा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको नाफा ३०.३९ प्रतिशतले घटेको छ ।
संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा ४३ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस अवधिमा यस्तो नाफा घटेर ३० करोड ३० हजार रुपैयाँमा सिमित हुन पुग्यो ।
समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २७.४ प्रतिशतले घटेर १ अर्ब ९ करोड २० लाख रुपैयाँमा सिमित हुन पुग्यो । अघिल्लो आवमा यस्तो आम्दानी १ अर्ब ५० करोड ५५ लाख रुपैयाँ रहेको थियो ।अघिल्लो आवमा संस्थाको सञ्चालन मुनाफा ५८ करोड ७ लाख रुपैयाँमा रहेकाोमा समीक्षा अवधिमा संस्थाको यस्तो मुनाफा घटेर ४३ करोड २ लाख रुपैयाँ भएको छ ।
अघिल्लो वर्ष १६ अर्ब २३ करोड रुपैयाँ सापटी लिई २१ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको संस्थाले समीक्षा अवधिमा १३ अर्ब ७० करोड रुपैयाँ सापटी लिई १८ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस अवधिमा संस्थाको निक्षेप संकलन २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाको विरतणयोग्य मुनाफा भने ७५ करोड ६० लाख रुपैयाँ रहेको छ । यस हिसाबले संस्थाले ४३.४८ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।
यस अवधिमा संस्थाको खराब कर्जा बढेर ४ं.६४ प्रतिशत पुगेको छ । अघिल्लो बर्ष संस्थाको खराब कर्जा १.४३ प्रतिशत रहेको थियो । खराब कर्जा बढेपछी संस्थाले ११ करोड ६१ लाख रुपैयाँ कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था गरेको छ ।
चुक्तापुँजी १ अर्ब ७३ करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ७१ करोड १६ लाख रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १६.२५ रुपैयाँ मूल्य आम्दानी अनुपात ४२.२६ गुणा र प्रतिसेयर नेटवर्थ १४३.४८ रुपैयाँ रहेको छ।