२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रलघुवित्तखराब कर्जा बढ्दा निर्धन उत्थान लघुवित्त घाटामा

खराब कर्जा बढ्दा निर्धन उत्थान लघुवित्त घाटामा


काठमाडाैं  । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले घाटा व्यहोरेको छ ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले १४ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ। यस अवधिमा संस्थाले ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै संस्थाको सञ्चालन घाटा भने १४ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

गत वर्षको यस अवधिमा संस्थाले ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने ४ करोड ६५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

समीक्षा अवधि सम्ममा संस्थाले १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

संस्थाको एनपीएल बढेर १२.३५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ७.१४ प्रतिशत थियो। संस्थाको खराब कर्जा बढेसँगै सइम्पेयरमेन्ट चार्ज पनि बढेर ३८ करोड ८० लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी २ अर्ब ६१ करोड रुपैयाँ निर्धनको रिजर्भको आकारे बढेर १ अर्ब ८३ करोड ४२ लाख रुपैयाँ पुगेको छ। संस्थाको प्रतिशेयर आम्दानी २१.९० रुपैयाँले ऋणात्मक भएको छ भने प्रति शेयर नेथवर्थ १६६.६७ रुपैयाँ रहेको छ ।


क्याटेगोरी : लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ