२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रलघुवित्तजीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा

जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा


काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको छ ।

लघुवित्त कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको ८८ औं बैठकले आर्थिक वर्ष २०७९/८० को सचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४.७३६९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंठकले संस्थाको हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार २०० रुपैयाँको १४ प्रतिशतले हुन आउने १६ करोड ५४ लाख ८४ हजार ७०० रुपैयाँ बोनस लाभांश र ०.७३६९ प्रतिशतले हुन आउने ८७ लाख १० हजार ४८९ रुपैयाँ  नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछ ।


क्याटेगोरी : लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ