२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङसाना किसान विकास लघुवित्तले बोलायो साधारणसभा

साना किसान विकास लघुवित्तले बोलायो साधारणसभा


काठमाडाैं  । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२ औंं वार्षिक साधारणसभा पुुस २९ गते बस्ने भएको छ ।

उक्त सभा भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ ।

लघुवित्त कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको २३ औं बैठकले २२  औं वार्षिक साधारणसभा मिति तय गरेको हो ।

उक्त बैंठकले संस्थाको हाल कायम चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजार्थ समेत गरी) वितरण सम्बन्धी प्रस्ताव साधारणसभामा पेश गर्ने निणर्य गरेको छ ।

सभामा आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । त्यस्तै , सभाले अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर वा प्राप्ती सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।

सभा प्रयोजनका लागि लघुवित्त कम्पनीले पुस १६ गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ । पुस १५ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


क्याटेगोरी : बैंकिङ, लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ