काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा माघ २६ गते बस्ने भएको छ ।
उक्त सभा नुवाकोटको विदूर—४ बट्टारस्थित सिद्धार्थ होटल वाटर टावर बिहान ११ : ३० बजेबाट सुरु हुनेछ ।
लघुवित्त कम्पनीको पौष २३ गते बसेको सञ्चालक समितिको १५२ औं बैठकले कम्पनीको ११ औं वार्षिक साधारण सभाको मिति तय गरेको हो ।
त्यस्तै,उक्त बैंठकमा आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने छ ।
उक्त सभाले हाल कायम रहेको पूँजी संरचना संस्थापक सेयरधनीको तर्फबाट ६९.४० प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फबाट ३०.६० प्रतिशत रहेकोमा सो सेयर स्वामित्व परिवर्तन गरी संस्थापक सेयरधनीको ५१.४० प्रतिशत र सर्वसाधारण सेयरधनीको ४०.६० प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ ५ गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ । माघ ४ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र पाउने छन् ।