काठमाडौं – यूनियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा माघ २६ गते बस्ने भएको छ । सभा रुपन्देहीको भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा बिहान १० ३० बजेबाट सुरु हुनेछ ।
इन्स्योरेन्स कम्पनीको माघ ३ गते बसेको सञ्चालक समितिको ८६ औं बैठकले कम्पनीको ५ औ वार्षिक साधारण सभाको मिति तय गरेको हो । त्यस्तै उक्त बैंठकले शेयरधनीलाई ८.९७ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
सभामा कम्पनीको हालको सेयर संरचना बमोजिम कायम रहेको चुक्ता पुँजी अनुरुप सस्थापक समूह तर्फको ७० प्रतिशत र सर्वसाधारण समुह तर्फ हिस्सा रहेकोमा संस्थापक समुह तर्फको ७० प्रतिशत रहेको शेयरमध्ये १९ प्रतिशत शेयरलाई सर्वसाधारण समुहतर्फ परिर्वतन गरि संस्थापक तथा र सर्वसाधारण सेयर अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि रहेको छ । हाल यूनियनको सेयर अनुपात ७०ः३० रहेको छ ।
सभाले यूनियन लाइफ, गुँरास लाइफ र प्राइम लाइफसँग मर्जरबीच एक आपसमा गाभिने सम्बन्धि प्रारम्भिक सम्झौतापत्र कम्पनीको शेयर रोक्का राख्ने निणर्य तथा कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्याङन गर्ने लेखापरिक्षक/परामर्शदाता नियुक्त गरी पारिश्रमिक तोक्ने संचालक समितिको निणर्यलाई अनुमोदन गर्नेछ ।
साथै सभाले आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७८-७९ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ १६ गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ । माघ १५ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।