काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सानिमा जिआईसी इन्स्योरेन्सको २ करोड कित्ता सेयर सूचीकृत भएको छ ।
नेप्सेले साविकको सानिमा जनरल इन्स्योरेन्स लि र जनरल इन्स्योरेन्स लि बीच मर्जर पछि बनेको सानिमा जिआईसी इन्स्योरेन्स लिकाे नामबाट धितोपत्रको सूचिकृत गरेको हो ।
नेप्सेमा सेयर अंकित मूल्य १०० रुपैयाँको दरले साविकको सानिमा जनरल इन्स्योरेन्सको १ करोड र जनरल इन्स्योरेन्स लिको १ करोड गरी कुल २ करोड कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
धितोपत्र सूचीकृत भएसँगै नेप्सेले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सेयर फुकुवा गरेको छ । मर्जर प्रक्रिया प्रयोजनका लागि रोक्का गरिएको सेयर फुकुवा गरेको नेप्सेले जनाएको छ ।
साविकको सानिमा जनरल इन्स्योरेन्स लि र जनरल इन्स्योरेन्स लि बीच १ः१ को अनुपातमा मर्जर पछि सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गरेका थिए ।
नेप्सेले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सेयरलाई एसजिआईसी नाम दिएको छ भने सेयरको ओपनिङ रेन्व ३६७.५० रुपैयाँ तोकेको छ ।