२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमानेपाल लाइफ इन्स्योरेन्सकाे ६ महिनामा १७ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क आर्जन

नेपाल लाइफ इन्स्योरेन्सकाे ६ महिनामा १७ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क आर्जन


काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १७ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १३ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा कम्पनीको नाफा ४२ करोड ९७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा ३५ करोड ९ लाख रुपैयाँ रहेको थियो।

कम्पनीकोे जगेडा तथा कोषमा १ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा १ खर्ब १ अर्ब रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषको आकार ७७ अर्ब ५९ करोड रुपैयाँमा सीमित थियो।

चुक्तापुँजी ७ अर्ब १९ करोड रुपैयाँ बढी रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११.९४ रुपैयाँ र पीई रेसियो २०४.०४ गुणा रहेको छ ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ