२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमाप्रभु लाइफको खुद बीमा शुल्क आर्जन ९५ प्रतिशतले बढ्यो

प्रभु लाइफको खुद बीमा शुल्क आर्जन ९५ प्रतिशतले बढ्यो


काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाशिक ६० करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले कुल बीमा शुल्क २ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ। कम्पनीले गत वर्षको यहि अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन ९५.०९ प्रतिशतले बृद्धि गरेको छ।

इन्स्योरेन्स कम्पनीको खुद मुनाफामा १२५ प्रतिशतले उल्लेखनीय बृद्धि गर्न सफल भएको छ। यसै अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैया खुद मुनाफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा तीन करोड ५८ लाख रुपैयाँ थियो।

प्रभु लाइफले चालु आथिक बर्षको ६ महिनामा १ करोड १३ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीबाट अभिकर्ताले ९ करोड ९५ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन्।
अहिले सम्म कम्पनीको सक्रिय बीमालेखको संख्या एक लाख ६१ हजार वटा छन्। कम्पनीले बीमितलाई ९१ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

प्रभु लाइफको बोनसदर न्युनतम प्रतिहजार ३० रुपैयादेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ। बीमाङ्कीय मूल्याङ्कन पछि मात्रै कम्पनीको वास्तविक मुनाफा थाहा हुन्छ। कर्जा लगानी तथा अन्य आम्दानी बापत कम्पनीले ७ करोड ५० लाख रुपैयाँ आय गर्न सफल भएको छ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ