२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारमहालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोडको साधारण सेयर जारी गर्ने

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोडको साधारण सेयर जारी गर्ने


काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीको सोमबार बसेको तेस्रो वार्षिक साधारण सभाले ६० करोड रुपैयाँ आईपीओ जारी गर्ने निणर्य गरेको हो ।

इन्स्योरेन्स कम्पनीको साधारणसभाबाट पारित भइसकेकाले अब आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग्ने र अनुमति लगत्तै आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।

साधारणसभाले वार्षिक प्रतिवेदन सहित आ.व. २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पारित गरेको छ । सोमबार सम्पन्न नयाँ सञ्चालकहरु समेत चयन गरेको कम्पनीले जारी गरेको प्रेस-विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीको संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित भएका छन् ।


क्याटेगोरी : पूँजी बजार, बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ