२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमानेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ४.६९ प्रतिशतले बढ्यो

नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ४.६९ प्रतिशतले बढ्यो


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/०८० को चौथो त्रैमाससम्मा ४.६९ प्रतिशतले खुद बीमाशुल्क बढाएको छ ।

नेपाल लाइफले यस अवधिमा   ३६ अर्ब ६२ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क  आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३४ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ रहेको थियो ।

 आर्थिक बर्ष २०७८/०७९ मा ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको नेपाल लाइफले  यस अवधिमा ६७ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्ष जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब रुपैयाँ रहेकोमा यस अवधिमा यस्तो कोष १९.७६ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ।

त्यस्तै चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको नेपाल लाइफको जगेडा कोष १२५.३१ प्रतिशतले बढेर ६४ करोड ९७ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षमा २८ करोड ८३ लाख जगेडा रुपैयाँ जगेडा कोषमा रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १४ अर्ब १६ करोडको दाबी भुक्तानी गरेकोमा यस अवधिमा १५ अर्ब ४३ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।

नेपाल लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ८.२२ रुपैयाँ,प्रतिशेयर नेटवर्थ ११८.८४ रुपैयाँ, प्रतिशेयर आम्दानी ८.२२ रुपैयाँ रहेको छ । भने प्रतिशेयर नेटवर्थ ११८.८४ रुपैयाँ रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ९०.५५ गुणा रहेको छ ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ