२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमासिटिजन लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा

सिटिजन लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा माघ १४ गते बस्ने भएको छ ।

उक्त सभा काठमाडौंको नक्सालस्थित आ्र्रमापाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

इन्स्योरेन्स कम्पनीको पौष १९ गते बसेको सञ्चालक समितिको ९८ औं बैठकले कम्पनीको सातौं वार्षिक साधारण सभाको मिति तय गरेको हो ।

त्यस्तै उक्त बैंठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको नियावली अनुसार गरिएको संचालकको नियुक्तिको अनुमोदन पनि गर्ने छ ।

त्यस्तै बैंठकले साधारण सेयरधनीहरुबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने समेत निणर्य गरेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पौष २९ गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ । पौष २६ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ