काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा जीवन बीमा कम्पनीहरुले ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार आर्थिक बर्ष २०८०/०८१ को पुस मसान्त समम्मा जीवन बीमा कम्पनीहरुले १ करोड ३७ लाख ४१ हजार ३५५ बीमा लेखबाट ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन ।
पुस महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ४ लाख ४२ हजार बीमा लेखबाट २ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन ।
संचालनमा आएका जीवन बीमा कम्पनीहरु मघ्ये यस अवधिमा सबै भन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले बीमा शूल्क संकलन गरेको छ ।
नेपाल लाइफले २० अर्ब २ करोड ३१ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ । त्यस्तै, एलआइसी लाइफले ८ अर्ब ६२ करोड ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै बढी बीमा शुल्क संकलन गर्नेमा दोस्रो स्थान रह्यो ।
तेस्रोमा नेश्नल लाइफ इन्स्योरेन्सले ८ अर्ब ५६ करोड ७९ लाख रुपैयाँ र चौथोमा हिमालयन लाइफले ८ अर्ब ९ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ७५ करोड रुपैयाँ,सूर्यज्योति लाइफले ४ अर्ब २८ करोड रुपैयाँ,एशियन लाइफले ३ अर्ब ७२ करोड रुपैयाँ,सानिमा रिलायन्स लाइफले २ अर्ब ८५ करोड रुपैयाँ सिटिजन लाइफले २ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार मेट लाइफले २ अर्ब ६८ करोड रुपैयाँ, आइएमई लाइफले २ अर्ब १० करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ३ करोड रुपैयाँ ,रिलायबल नेपाल लाइफले १ अर्ब ९३ करोड रुपैया र सन नेपाल लाइफले १ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकका छन् ।
त्यस्तै,यस अवधिमा जीवन बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क बापत १३ अर्ब ८१ करोड रुपैयाँ संकलन गरेका छन् भने ६० अर्ब ४० करोड रुपैयाँ नविकरण मार्फत बीमा शुल्क आर्जन गरेका छन् ।