गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा Karobarpati शुक्रबार, २०८० माघ २६ गते, ०९:२१ मा प्रकाशित काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा कमाएको छ। कम्पनीले १० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २०.९४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यसले ८ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस वर्ष कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २७.८४ प्रतिशतले बढेको बम्पनीले जनाएको हो। यसको लगानी तथा कर्जाबाट हुने आम्दानी १० करोड ३१ लाखबाट बढेर १३ करोड १८ लाख रुपैयाँ पुगेको छ। यता, कम्पनीको कुल दावी भुक्तानी भने ११.६३ प्रतिशतले घटेर ३१ करोड ९८ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यो ३६ करोड १९ लाख रुपैयाँ थियो। हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ। यसको रिटेन्ड अर्निङमा १३ करोड ७५ लाख रुपैयाँ रहेको छ।सानिमा जीआइसीको बिमा कोषमा ४ अर्ब १५ करोड रुपैयाँ रहेको छ। पुससम्म यसले २९ करोड ३४ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ। यो गत वर्षको भन्दा ३२.४२ प्रतिशतले धेरै हो। यसको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ७३ पैसाबाट बढेर १० रुपैयाँ ५६ पैसा (वार्षिक) कायम भएको छ। प्रतिसेयर नेटवर्थ भने १३७ रुपैयाँ ९८ पैसा रहेको छ। क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको आज साधारण सभा, सेयरधनीको लागि छैन… धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ३ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक ट्रेण्डिङ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा