२०८२ वैशाख १४, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमाक्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष प्रस्ताव

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष प्रस्ताव


काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको वार्षिक सधारण सभा चैत ५ गते बस्ने भएको छ ।

उक्त सभा सुर्खेत विरेन्द्रनगरस्थित शुभ होटल प्रालिमा बिहान ११ बजे बिहान ११ बजेबाट सुरु हुनेछ ।

कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको १७ औं बैठकले कम्पनीको प्रथम वार्षिक साधारण सभाको मिति तय गरेको हो । कम्पनीको प्रथम साधारण सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै,सभाले आईपीओ निष्कासन गर्न आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र आईपीओ जारी पश्चात प्राप्त पूँजीको उपयोगको सम्बन्धमा प्रस्ताव पारित गरिनेछ ।

सभाले आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नेछ ।

आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । सभाले सञ्चालक समितिको निर्वाचन तथा स्वतन्त्र विज्ञ सञ्चालको नियुक्तीको प्रस्ताव समेत छलफल गरी पारित गर्नेछ ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ