गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ राष्ट्रिय बिमा संस्थानको नाफा ५२ दशमलव ३२ प्रतिशतले बढ्यो राष्ट्रिय बिमा संस्थानको नाफा ५२ दशमलव ३२ प्रतिशतले बढ्यो Karobarpati शुक्रबार, २०७८ मंसीर ३ गते, १२:३२ मा प्रकाशित काठमाडौं – राष्ट्रिय बिमा संस्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थानले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा संथानले एक करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको तुलनामा ५२ दशमलव ३२ प्रतिशतले बढी हो । गत वर्ष संस्थानले एक करोड दुई लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिसम्ममा संस्थानको खुद बिमा शुल्क आम्दानी पनि सात दशमलव ६३ प्रतिशतले बढेर चार अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष संस्थानले चार अर्ब २१ करोड रुपैयाँ खुद बिमा शुल्क कमाई गरेको थियो । समीक्षा अवधिसम्ममा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । संस्थानको जगेडा कोषमा ३५ करोड ७७ लाख रुपैयाँ छ । संस्थानले यस अवधिसम्ममा ९५ करोड ५७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । त्यसैगरी, कम्पनीले जीवन बिमा कोषमा ३० अर्ब ४९ करोड रुपैयाँबाट बढेर ३७ अर्ब १४ करोड पुगेको छ । यस संस्थानले हासम्म सर्वसाधारणमा सेयर जारी नगरेकाले नेप्सेमा सूचीकृत भएको छैन । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट सिभिल बैंकको किसान समृद्धि कार्ड सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट सिभिल बैंकको किसान समृद्धि कार्ड