सगरमाथा इन्स्योरेन्सको नाफामा सुधार भएको छ ।
गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १७ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने चालु आवको सोही अवधि सम्ममा कम्पनीले १७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले खुद बीमाशुल्क संकलन १२।४६ प्रतिशत बढाएको छ । यस अवधिमा कम्पनीले ७७ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ६९ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।
एक अर्ब ११ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५५ करोड ४३ लाख रुपैयाँ सञ्चित छ । महाविपत्ति कोषको आकार १० करोड ८४ लाख रुपैयाँ छ ।
इन्स्योरेन्सले ४ हजार ६ सय ९ वटा बीमा दावीबापत ७५ करोड ३० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भने ११ हजार ४९८ वटा बीमा दावीवापत २ अर्ब ४ करोड ७९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।