२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमासानिमा लाइफ र रिलाइन्स लाइफ मर्ज हुने

सानिमा लाइफ र रिलाइन्स लाइफ मर्ज हुने


काठमाडौं – सानिमा लाइफ र रिलायन्स लाइफ इन्सुरेन्सबीच मर्जरका लागि सम्झौता भएको छ ।

दुवै कम्पनीले असार २९ गते बुधबार  काठमाडौंको होटल मेरियटमा आयोजित कार्यक्रममा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । रिलायन्स लाइफ इन्सुरेन्सका सञ्चालक भरत कुमार तोदी र सानिमा लाइफ इन्सुरेन्सका सञ्चालक धनश्याम थापाले समझजारीपत्रमा हस्ताक्षर गरेका छन् ।

हाल सानिमा लाइफको २ अर्ब ८ करोड ४० लाख रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । बीमा  समितिले जीवन बीमा  कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ कायम हुनेपर्ने निर्देशन दिएपछि अहिले बीमा  कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् । गत असार १२ गते सूर्या लाइफ र ज्योति लाइफ इन्सुरेन्सबीच पनि मर्जर सम्झौता भएको थियो ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ