२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमाप्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जरका लागि सहमत

प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जरका लागि सहमत


काठमाडौं -प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एक आपसमा गाभ्ने /गाभिनेको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
दुवै कम्पनीले असार ३० गते बिहिबार काठमाडौंको होटल एलफ्ट ठमेलमा आयोजित कार्यक्रममा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
सेयर स्वाप अनुपात -प्रभु लाइफ इन्स्योरेन्सको १ कित्ता सेयर बराबर महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको १ कित्ता (१ः१) हुने भएको छ ।

मर्ज पछि  कम्पनीकाे नाम  प्रभु महालक्ष्मी लाइफ  हुने छ भने कम्पनीको सीइओमा महालक्ष्मीका रमेश कुमार भट्टराई हुनेछन् । त्यस्तै संचालक समितिको अध्यक्षमा प्रभु लाइफका सुभाष अमात्य रहने तय भएको छ ।

त्यस्तै, प्रारम्भिक समझदारीमा प्रभु लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष सुभाष अमात्य तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सको तफबाट अध्यक्ष मनोरञजन रमण शर्माले हस्ताक्षर गरेका थिए । सो समारोहमा दुवै कम्पनीको सञ्चालकहरू एवं सीईओहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ