२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रनेपाल राष्ट्र बैंकराष्ट्र बैंकले १५.१३ अर्बको ट्रेजरी बिलको नविकरण गर्दै,आज दिउँसो बोलकबोल

राष्ट्र बैंकले १५.१३ अर्बको ट्रेजरी बिलको नविकरण गर्दै,आज दिउँसो बोलकबोल


 

काठमाडौं – नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोडको ट्रेजरी बिलको नविकरण गर्ने भएको छ ।

राष्ट्र बैंकले २८ दिन र ९१ दिनको लागि ट्रेजरी बिलको नविकरण गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँ र ९१ दिनको लागि ७ अर्ब १३ रुपैयाँको टे्रजरीको नविकरण गर्न लागेको हो ।  २८ दिनको ट्रेजरी आउदो असोज ९ गते परिपक्व हुनेछ भने ९१ दिनको ट्रेजरी मंसिर १२ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।


क्याटेगोरी : नेपाल राष्ट्र बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ