२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रनेपाल राष्ट्र बैंकराष्ट्र बैंकले १८.७० अर्बको ट्रेजरी बिलको नविकरण गर्दै

राष्ट्र बैंकले १८.७० अर्बको ट्रेजरी बिलको नविकरण गर्दै


काठमाडौं   । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिलको नविकरण गर्ने भएको छ ।

राष्ट्र बैंकले ९१ दिन १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिलको नविकरण गर्न लागेको हो ।मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँ र १८२ दिनको लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनको ६ अर्ब रुपैयाँको टे्रजरीको नविकरण गर्न लागेको हो ।

९१ दिनको ट्रेजरी आउदो माघ २ गते ,१८२ दिनको ट्रेजरी २०८१ बैशाख ४ गते र ३६४ दिनको २०८१ असोज २९ परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।


क्याटेगोरी : नेपाल राष्ट्र बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ