२०८२ वैशाख १४, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रनेपाल राष्ट्र बैंकराष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र १ फाइनान्स कम्पनी कारबाहीमा

राष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र १ फाइनान्स कम्पनी कारबाहीमा

मुक्तिनाथ विकास बैंकलाई रु.१० लाख नगद जरिवाना


काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र एक फाइनान्स कम्पनी कारबाहीमा परेका छन् ।

चालु आर्थिक बर्षको दोस्रो त्रैयमासमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतले केन्द्रिय बैंकको सम्पत्ति शुद्घीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लघंन गरेकाले कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ  ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले मुक्तिनाथ विकास बैंक,गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई कारबाही गरेको छ ।

केन्द्रिय बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन नं. १९/२०८० को बुँदा नं.५(१) बमोजिम मुक्तिनाथ विकास बैंकले वास्तविक धनी पहिचान गर्ने संयन्त्रको स्थापना नगरेको तथा सोही निर्देशनको बुँदा नं. १४(१) बमोजिम निरन्तर अनुगमन (Ongoing Due Diligence) गर्नुपर्ने निर्देशन उल्लंघन गरेकाले राष्ट्र बैंकलले मुक्तिनाथ विकासलाई एकीकृत निर्देशन २०८० मा व्यवस्था भए अनुसार रु.१० लाख नगद जरिवाना गराएको छ ।

गरिमा विकास बैंकका सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठ र अन्य व्यक्ति समेतको नाममा सञ्चालनमा रहेको संयुक्त खातामा बिमा कम्पनी खोल्ने उद्देश्यले सर्वसाधारण तथा वित्तीय संस्थाका संस्थापक समेतबाट आवेदन रकम संकलन गर्ने कार्य भएको तथा सो खाताबाट विभिन्न चरणमा खर्च भएको अवस्थामा पनि ती कारोबारहरुको अनुगमन नभएको देखिएकोले संस्थाको संस्थागत सुशासन र संचालकको आचरण कार्यान्वयनको अवस्था समेत कमजोर देखिएकोले राष्ट्र बैकले संचालक डा.आनन्द प्रसाद श्रेष्ठलाई नेपाल राष्ट्र बैक, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सचेत गराएको छ ।

साथै, उक्त कारोबारको पर्याप्त अनुगमन नभएकोले नेपाल राष्ट्र बैक, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको केन्द्रिय बैंकले जनाएको छ ।

त्यस्तै रिलायन्स फाइनान्सका सञ्चालक कुशप्रसाद मल्ली तथा अन्य व्यक्तिहरुको संयुक्त खाता र निजको व्यक्तिगत खातामा निजको व्यवसायिक कारोबारहरु भएको, खाताको सीडीडी नियमित रुपमा अद्यावधिक समेत नभएकोले संस्थाको संस्थागत र सञ्चालकको दआचरण कार्यान्वयनको अवस्था समेत कमजोर देखिएको हुनाले  राष्ट्र बैकलेृ सञ्चालक कुशप्रसाद मल्लीलाई नेपाल राष्ट्र बैक, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सचेत गराएको छ ।

साथै, उक्त कारोबारको पर्याप्त अनुगमन नभएकोले नेपाल राष्ट्र बैक, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको केन्द्रिय बैंकले जनाएको छ ।

 


क्याटेगोरी : नेपाल राष्ट्र बैंक, फाइनान्स, बैंकिङ, विकास बैंक
ट्याग : #गरिमा विकास बैंक, #मुक्तिनाथ विकास बैंक, #रिलायन्स फाइनान्स


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ