२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट


काठमाडाैं । नेप्से परिसूचक आजल ५.८७ अंकले घटेर २०४४.७२ मा बन्द भएको छ ।

आज कूल २२५ कम्पनीको ३९ लाख आठ हजार ३९५ कित्ता शेयर रु १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ कारोबार भएको छ ।

आज सेयर बजारमा कूल १३ उपसमूह मध्ये २ उपसमूहको शेयर मूल्य बढेको छ भने ११ उपसमूहको शेयर मूल्यमा बढेको छ । त्यस्तै, बैंकिङ २.२९ र अन्य उपसमूहको शेयर १६.५५ अंकले बढेको छ । व्यापार ३२.६, होटल तथा पर्यटन २०.६३, विकास बैंक ३४.९२, जलविद्युत् १४.२८, वित्त १५.०४, निर्जीवन बीमा ६४.३२, उत्पादन १३.२६, लघुवित्त २१.९८, जीवन बीमा १५०.३४, सामूहकि लगानी कोष ०.०७ र लगानी ०.७२ अंकले घटेको छ ।

कारोबारका आधारमा शिव्म सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ८० लाख बराबरको कारोबार भयो । यस्तै, एनआइसी एशिया बैंक रु ११ करोड २२ लाख ६२ हजार ८५०, नेपाल पुनरबीमा कम्पनी रु छ करोड २८ लाख २४ हजार ६३६, हिमालयन डिस्टिलरी रु छ करोड दुई लाख ४९ हजार ७७० र नेपाल एसबीआई बैंक रु चार करोड १२ लाख पाँच हजार २१४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

साथै, फाइनान्स कम्पनी ३.१६, जनउत्थान सामुदायिक लघुवित्त २.७४, ग्लोबल आइएमबई बैंकको ऋणपत्र २.७२, नेशनल माइक्रोफाइनान्स २.५७ र गुराँस लघुवित्तका लगानीकर्ताले २ प्रतिशतले कमाए । त्यस्तै, आइसीएफसी फाइनान्सको ऋणपत्र ६.७१, किसान लघुवित्त ५.३५, साधाना लघुवित्त ४.४५, सामुदायिक लघुवित्त ३.८३ र लाइफ इन्स्योरेन्स कर्पोरेशनका शेयरधनीले ३.७२ प्रतिशतले गुमाएका छन् ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ