२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारआजदेखि मन्दाकीनी हाइड्रोको आईपिओ खुला

आजदेखि मन्दाकीनी हाइड्रोको आईपिओ खुला


आज साउन ९ गतेदेखि मन्दाकीनी हाइड्रोपावर लिमिटेडले सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले सर्बसाधारणलाई ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये सामुहिक लगानी कोषहरुको लागि ५८ हजार ८ सय ३ कित्ता छुट्याईएको छ भने २३ हजार ५ सय २१ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको १० लाख ९३ हजार ७ सय ४९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले साउन १२ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

यस अघि कम्पनीले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मङ्सिर देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ ।


क्याटेगोरी : पूँजी बजार
ट्याग : #आईपिओ, #मन्दाकीनी हाइड्रोपावर लिमिटेड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ