२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारआज नेप्से परिसूचक ५.९१ अंकले घट्यो

आज नेप्से परिसूचक ५.९१ अंकले घट्यो


काठमाडौं । आज नेप्से परिसूचक परिसूचक ५.९१ अकंले घटेर २०५६.८८ अंकमा बन्द भएको छ ।

आजको दिन सेयर बजारमा २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर रु १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४७ मूल्यमा खरिद बिक्री भए ।आज कारोबार भएका १३ उपसमूहमध्ये आज २ उपसमूहको शेयर मूल्य बढेको छ भने ११ उपसमूहको शेयर मूल्य घटेको छ ।

नेप्सेमा आज उत्पादन उपसमुह २७.१ र लगानी ०.४७ अंकले बढेका छन भने बैंकिङ उपसमुह ५.३१, व्यापार उपसमुह ३१.८७, होटल तथा पर्यटन उपसमुह ११.६३, विकास बैंक उपसमुह ७.६१, जलविद्युत् उपसमुह १२.३५, वित्त उपसमुह १६.१५, निर्जीवन बीमा उपसमुह ७५.८२, अन्य ४.६६, लघुवित्त उपसमुह १५.५१, जीवन बीमा उपसमुह ९.७३ र सामूहिक लगानी कोष उपसमुह ०.१एक अंकले घटेका छन ।

त्यस्तै आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ३६ अर्ब ७८ करोड २४ लाख २८ हजार ४५३ बराबर रहको छ ।

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कोषको रु १० करोड ६८ लाख ७९ हजार चार सय ६७ बराबरको कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट रु ६ करोड ८८ लाख ४८ हजार एक सय दुई, हिमालयन डिस्टिलरी रु ६ करोड ७१ लाख ३७ हजार एक सय ६५, नबिल बैंक रु ६ करोड ४६ लाख ८९ हजार चार सय २० र नेपाल दूरसञ्चार कम्पनी रु चार करोड ६८ लाख ६१ हजार दुई सय २६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

हिमालयन हाइड्रोपावर ९.९७, युनिलिभर नेपाल ४.३०, सिटिजन म्युचुअल फण्ड १.४, विन नेपाल लघुवित्त ३.५२ र उपकार लघुवित्तका लगानीकर्ताले २.८२ अंकले कमाएका छन् ।

त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स ९.९९, हिमालयन पावर पार्टनर ३.७२, गुडबिल फाइनान्स ३.४५, सिद्धार्थ इक्विटी फण्ड ३.३१ र लक्ष्मी लघुवित्तका लगानीकर्ताले ३.२६ प्रतिशतले गुमाएका छन् ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ