काठमाडौं । अब गाभ्ने ,गाभिन वा प्राप्तिमा जाने संस्थाको सेयर कारोबार १५ दिनमात्र रोक्का हुने भएको छ ।
नेपाल धितोपत्र बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) सार्वजनिक गरेको छ ।
उक्त निर्देशिकामा मर्जर तथा एक्विजेशन प्रकृयामा रहेका जाने संस्थाको सेयर कारोबार १५ दिनमात्र रोक्का हुने उल्लेख छ ।
मस्यौदामा (२) धितोपत्र बजारले उपदफा (१) बमोजिम एकीकृत व्यवसायिक कारोवार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन शेयर कारोवार रोक्का राख्नुपर्नेछ ।
तर संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको शेयर कारोबार रोक्का राख्नुपर्ने छैन ।
त्यसैगरी, मर्जर तथा एक्विजेशन जाने कम्पनीले गाभ्ने,गाभिन वा प्राप्तिको प्रारम्भिक सम्झौता नहुँदासम्म सो सम्बन्धि सुचना चुहाउन नपाउने भएका छ्न ।
सेबनको निर्देशिकाकोे प्रारम्भिक मस्यौदामा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी जानकारी राख्ने संगठित संस्थाका संचालक, कर्मचारी, तथा अन्य सम्बन्धित पक्षले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना तथा जानकारी सार्वजनिक गर्न पाइनेछैन । गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना तथा जानकारी सार्वजनिक नगर्ने सम्बन्धमा सो जानकारी राख्ने संगठित संस्थाका संचालक, कर्मचारी तथा अन्य सम्बन्धित पक्षले संगठित संस्थाको कम्पनी सचिव समक्ष लिखित प्रतिबद्धता पेश गर्नु पर्ने उल्लेख छ ।
त्यस्तै, , मर्जर तथा एक्विजेशन जाने कम्पनीले ६ महिना भित्र एकिकृत कारोबार गर्नु पर्ने व्यवस्था गरेको छ ।