२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसेयर बजार राताम्मै

सेयर बजार राताम्मै


आज नेप्से परिसूचक २४.८३ अंकले ओरालो घटेर २०४१.८३ पुगेर बजार बन्द भएको छ ।

आजको दिन २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता शेयर रु २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ मूल्यमा खरिद बिक्री भए ।
सेयर बजारमा आज १३ वटै उपसमूह राताम्मै भएको छ ।

बैंकिङ ३.४२, व्यापार ३८.०१, होटल तथा पर्यटन २४.३३, जलविद्युत् ७९.२, वित्त ४७.८६, निर्जीवन बीमा १४२.०१, उत्पादन ९८.११, अन्य १०.७६, लघुवित्त ५९.७१, जीवन बीमा ८६.५९, सामूहिक लगानी कोष ०.१३ र लगानी १.०६ अंकले ओरालो लागे ।
आज कारोबारका आधारमा रिडी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ ।

सो कम्पनीको रु ४० करोड ८२ लाख ४७ हजार ८८८ बराबरको कारोबार भयो । यस्तै, शिवम् सिमेन्ट रु ८ करोड ६८ लाख ५२ हजार ६९२, हिमालयन डिस्टिलरी रु ५ करोड ८७ लाख ७९ हजार १२९, महालक्ष्मी विकास बैंक रु ५ करोड ८७ लाख २४ हजार ९०३, नेपाल दूरसञ्चार कम्पनी रु ५ करोड ६१ लाख ७१ हजार ५५० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार अप्पर हेवा खोला हाइड्रोपावर ९.९९, स्वाभिमान लघुवित्त ४.०२, कुमारी इक्विटी फण्ड दुई दशमलब ८१, सिद्धार्थ इक्विटी फण्ड २.१०, एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले १.९१ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, युनिलिभर नेपाल ५.६२, दोर्दी खोला जलविद्युत् कम्पनी ५.५१, पञ्चकन्या माई हाइड्रोपावर ५.४७, जोशी हाइड्रोपावर ५.४६ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ५.३२ प्रतिशतले गुमाएका छन् ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ