२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारदोल्ती पावर आईपीओ खुलाउने तयारीमा

दोल्ती पावर आईपीओ खुलाउने तयारीमा


काठमाडौं- दोल्ती पावर कम्पनीले साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने तयारी गरेको हो ।

स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४५८ कित्ता सेयर बिक्री खुलाउने स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको आईपीओ बिक्री खुलाउन अनुमति मागेको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक तथा निष्कासकमा एनआईसी एसिया क्यापिटल रहेको छ । बोर्डले आईपीओ बिक्री गर्न अनुमति दिएलगत्तै पावरले बिक्री खुलाउनेछ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ