२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारखप्तड लघुवित्तको आइपीओ बाँडफाँट

खप्तड लघुवित्तको आइपीओ बाँडफाँट


काठमाडौं – खप्तड लघुवित्तको आइपीओ बाँडफाँट भएको छ ।

सोमबार बिहान भएको गोलाप्रथामार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर पाएका छन् ।

आइपीओमा रीतपूर्वक आवेदन दिएका कुल १७ लाख ८३ हजार ७४ जनालाई गोलाप्रथामा समावेश गराइएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ ।

खप्तडले ८ बाट १२ भदौसम्म कुल एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । योमध्ये ६ हजार ६ सय कित्ता सामूहिक लगानी कोष र दुई हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी एक लाख २३ हजार चार सय कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ