काठमाडौं । लगातार तेस्रो दिन सेयर बजारमा सुधार भइरहेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) १६ अंकको विन्दु नजिक पुगेको छ।
आइतबार सामान्य अंकले घटेको सेयर बजार सोमबार १३.५८ अंक र मंगलबार १२.४७ अंकले बढेको थियो भने बुधबार नेप्से १३.९४ अंक बढेर १५९७.७१ विन्दुमा बन्द भएको छ ।
मंगलबार १ अर्ब २७ करोड माथिको सेयर कारोबार रकम भएको थियो भने हिजो बुधबारका दिन कारोबार रकम समेत बढेको छ । बुधबार १ अर्ब ६३ करोड बराबरको सेयर कारोबार भएको छ ।
वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६/०७७ को नाफा बाट लाभांश घोषणा गरिरहेका अवस्थामा लगानीकर्ता वाणिज्य बैकको सेयरमा खरिद गर्ने थालेका छन् ।
वाणिज्य बैंकहरुले नगदभन्दा बोनस सेयरलाई जोड दिए पनि लगानीकर्ता क वर्गका बैंकको सेयरमा आकर्षित भएको हुँदा बुधबार वाणिज्यको सूचक १.७१ प्रतिशतले वृद्धि छ । होटल, जलविद्युत, वित्त र उत्पादनमूलक समूहको सूचक घटेपनि वाणिज्य बैंकको सूचक बढ्नाले सेयर बजार थप सहयोग पुगेको छ ।