२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारदसैं अघिको अन्तिम दिन सेयर बजार सुधार परिसूचक १६०० भन्दा माथि

दसैं अघिको अन्तिम दिन सेयर बजार सुधार परिसूचक १६०० भन्दा माथि


काठमाडौं । दसैँअगाडिको साताको अन्तिम कारोबार दिन पनि सेयर बजार बढेर बन्द भएको छ ।आज नेप्से ८.५४ अंकले बढेर १६०६.२६ अंकमा पुगेको छ ।

बैंकिङ समूहको सूचकले बजारलाई लिड गरेकाले बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक नै ०.९५ प्रतिशतले वृद्धि हुँदा नेप्सेमा पनि बढेको हो ।

यता दसैँपछि पैसा तिरे हुने भएपछि नेप्सेमा खरिद चाप बढेकाले कारोबार रकम पनि बढेर करिब दुई खर्ब पुगेको छ । आज नेप्सेमा ३० हजार ३२८ वटा कारोबारमा १८७ कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९९ करोड ४५ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।

अपेक्षाभन्दा बढी १४ प्रतिशत लाभांश घोषणा गरेको बैंकको १४ करोड १५ लाख ४५ हजारको सेयर कारोबार भएको छ भने एनआईसी एशिया बैंक, अपी पावर, प्राइम कमर्सियल बैंक र नेपाल बैंक कारोबार रकमका आधारमा अगाडि देखिएका छन् ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ