२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारलगातार बढेको नेप्से २.३८ अंकले घटेपनि बैंकिङ सूचक माथि

लगातार बढेको नेप्से २.३८ अंकले घटेपनि बैंकिङ सूचक माथि


काठमाडौं । नेपाल स्टक एक्स्चेन्जका (नेप्से) अनुसार साताको दोस्रो दिन करेक्सन देखिएको हो ।आठ दिन देखि लगातार बढेको नेप्से सोमबार २.३८ अंकको गिरावट आएर नेप्से परिसुचक १७८०.४३ अंकमा रोकिएको छ ।

सेयर बजारमा सोमबार १९९ वटा कम्पनीको एक करोड २० लाख २१ हजार ३४७ कित्ता सेयर ४ अर्ब ७६ करोड २७ लाख ४ हजार ६११ रुपैयाँको सेयर किनबेच भएका हुन् ।

नेप्सेका अनुसार कारोबारमा आएका १२ समूहमध्ये बैंकिङसमेत चारवटा समूहको उपसूचक बढेका छन् । सोमबारको कारोबारमा नेपाल बैंकको सर्वाधिक ३० करोड २२ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

सोमबारको बजारमा ठूलो पुँजीकरण भएका कम्पनीहरु नेपाल पुनर्बिमा कम्पनी र नेपाल टेलिकमको सेयर मूल्य घटेको छ । त्यस्तै बैंकिङ क्षेत्रले साथ दिएको छ । बैंकिङ समूहको उपसूचक केहिदिन यता बढेको थियो । यसले लगानीकर्ता बैंकतर्फ आकर्षित हुन थालेका छन् ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ