२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठउर्जाबिपीडब्ल्यू लघुवित्त र सगरमाथा जलविद्युतलाई आईपीओ जारी गर्ने अनुमति

बिपीडब्ल्यू लघुवित्त र सगरमाथा जलविद्युतलाई आईपीओ जारी गर्ने अनुमति

कसको कति कित्ता जारी हुने


काठमाडौं – नेपाल धितोपत्र बोर्डबाट एक लघुवित्त कम्पनी र एक जलविद्युत कम्पनीले आईपीओ जारीको  अनुमति पाएका छन् ।

बोर्डले बिपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेड र सगरमाथा जलविद्युत कम्पनी लिमिटेडलाई साधारण सेयर निष्कासनको अनुमति दिएको हो ।

बोर्डबाट बिपीडब्ल्यू लघुवित्तले ९७ हजार कित्ता र सगरमाथा जलविद्युत कम्पनीले ५४ लाख ८८ हजार कित्ता साधारण सेयर निष्कासन अनुमति पाएका   हाे  । सगरमाथा जलविद्युत कम्पनीले स्थानीय बासिन्दा सर्वसाधारणको आईपीओ खुल्ला गर्ने छ ।

साधारण सेयर निष्कासनका लागि बिपीडब्ल्यू लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ । त्यस्तै सगरमाथा जलविद्युत कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई रहेको छ ।

बोर्डले बिपीडब्ल्यू लघुवित्तलाई चुक्तापुँजीको ३२.३३ प्रतिशतले हुन आउने बराबरको साधारण सेयर जारी गर्न अनुमति दिएको हो । त्यस्तै सगरमाथा जलविद्युत कम्पनीले चुक्तापुँजीको ४९ प्रतिशतले हुन आउने बराबरको आईपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

दुई कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ बिक्री गर्नेछन् ।


क्याटेगोरी : उर्जा, पूँजी बजार
ट्याग : #नेपाल धितोपत्र बोर्ड, #प्रभु क्यापिटल, #बिपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेड, #मेगा क्यापिटल, #सगरमाथा जलविद्युत कम्पनी लिमिटेड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ