२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठउर्जासुपर हेवा पावर कम्पनीले साधारण शेयर निष्काशन गर्ने

सुपर हेवा पावर कम्पनीले साधारण शेयर निष्काशन गर्ने

बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट


काठमाडौ । सुपर हेवा पावर कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको कूल ११ लाख ५४ हजार ३६० कित्ता साधारण शेयर जारी गर्ने भएको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

बिक्री प्रबन्ध गर्ने सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन् ।

सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।


क्याटेगोरी : उर्जा, पूँजी बजार
ट्याग : #लक्ष्मी क्यापिटल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ