२०८१ माघ २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठउर्जासुपर मादी हाइड्रोपावरले सर्वसाधारणको लागि आईपीओ जारी गदै

सुपर मादी हाइड्रोपावरले सर्वसाधारणको लागि आईपीओ जारी गदै


काठमाडाैं । सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गते देखि सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि छुट्याएको आईपीओ बाँडफाँड गरी सकेपछी सर्वसाधारणको लागि साधारण शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतका दरले हुने २१ करोड बराबरको २१ लख कित्ता सर्वसाधारणको लागि छुट्याएको छ ।

जसमध्ये २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि विक्रि गरिसकेको छ भने १ लाख ५ हजार कित्ता सामुहिक लगानी कोष र ४२  हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी रहेको १७ लाख ४३ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा माघ २३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ बिक्री गर्नेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई रहेको छ ।नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी-आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : उर्जा, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ