२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन


काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेमा आँधिखोला लघुवित्त वित्तीय संस्थाको ३० प्रतिशत, नेको इन्स्योरेन्स लि १५ प्रतिशत  बाेनश सेयर  समायोजन भएको हो ।

समायोजनपछि आँधिखोला लघुवित्तको सेयर मूल्य तिकित्ता १ हजार ३६५ रुपैयाँ ७७ पैसा, नेको इन्स्योरेन्सकोे ७७८ रुपैयाँ ४३ पैसामा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

अघिल्लो कारोबार दिन आँधिखोला लघुवित्तको सेयर १ हजार ७७५ रुपैयाँ ५० पैसा, नेको इन्स्योरेन्सकोे ८९५ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।

म्ांगलबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ ।


क्याटेगोरी : पूँजी बजार, बीमा, बैंकिङ
ट्याग : #आँधिखोला लघुवित्त वित्तीय संस्था, #नेको इन्स्योरेन्स, #नेपाल स्टक एक्सचेञ्ज, #सेयर मूल्य समायोजन


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ