२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठउर्जामाया खोला हाइड्रोपावरको आइपीओ माघ १३ देखि

माया खोला हाइड्रोपावरको आइपीओ माघ १३ देखि


काठमाडौँ । माया खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात यहि माघ १३ गतेदेखि सर्वसाधारणको लागि १९ लाख ९२ हजार कित्ता शेयर जारी गर्ने भएको हो ।

कम्पनीको जारी पूँजी १ अर्बको ३४ प्रतिशतका दरले हुने ३४ करोड मूल्य बराबरको कुल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि कुल १० लाख कित्ता शेयर निष्सकासन गरी बाँडफाँट गरिसकिएको छ ।

त्यस्तै २ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ भने ४८ हजार कित्ता कर्मचारीलाई छुट्याएको छ ।

बाँकी रहेको १९ लाख ९२ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्ने लागेको हो ।

लगानीकर्ताले छिटोमा यही माघ १७ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे माघ २७ गतेसम्म आवेदन दिन पाउनेछन् ।  लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता खरिदका लागि आवेदन दिन सकिने छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी-आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिन सकिने जनाइएको छ ।

कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी माइनस ’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरेकोे छ ।


क्याटेगोरी : उर्जा, पूँजी बजार
ट्याग : #माया खोला हाइड्रोपावर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ