२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारशिखर इन्स्योरेन्सको दुई बर्षको वार्षिक साधारण सभा एकैपटक

शिखर इन्स्योरेन्सको दुई बर्षको वार्षिक साधारण सभा एकैपटक


काठमाडौं – शिखर इन्स्योरेन्सको दुईबर्षको वार्षिक साधारण सभा एकैपटक माघ २५ गते बस्ने भएको छ । सभा काठमाडौको थापाथलीस्थित शिखर विच सेन्टर इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यलयमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

इन्स्योरेन्स कम्पनीको माघ ३ गते बसेको सञ्चालक समितिको २८८ औं बैठकले कम्पनीको १७ औ र १८ औ वार्षिक साधारण सभाको मिति तय गरेको हो । त्यस्तै उक्त बैंठकले शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

बोनस सेयर वितरण गर्दा खण्डित सेयरको हकमा माथिल्लो नजिकको अंकमा परिणत गर्ने र सो गर्दा शेयर स्वामित्व (पुँजी प्रतिशत) कायम राख्ने गरी जारी पुँजी तथा चुक्ता पुँजी संशोधन गर्नेछ। यसरी सेयर थपघट गर्ने अधिकार संचालक समितिलाई दिने प्रस्ताव रहेको छ।

सभाले कम्पनीको नियमवलीको १२(ख) संस्थापक सेयरधनीहरुबाट नियुक्त हुने ४ जना, सर्वसाधारण सेयरधनीहरुबाट नियुक्त हुने ३ जना र स्वतन्त्र संचालक १ जना गरी ७ जना संचालक नियुक्त हुने सम्बन्धी नियमलाई संसोधन गरी संस्थापक सेयरधनीहरुबाट नियुक्त हुने ३ जना, सर्वसाधारण सेयरधनीहरुबाट नियुक्त हुने ३ जना र स्वतन्त्र संचालक १ जना गरी ७ जना संचालक नियुक्त हुने नियमवली १२ (ख) संसोधन गर्ने प्रस्तावलाई अनुमोदन गर्ने छ ।

कम्पनीले अन्य इजाजतप्राप्त बीमा कम्पनी अन्य कुनै एक वा एक भन्दा बढी उपयुक्त वित्तीय वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने/गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव समेत हुनेछ ।

त्यस्तै,सभाले बीमा प्रधिकरणले जारी गरेको मर्जर निर्देशिका बमोजिम अन्य कुनै बीमा कम्पनी सगँ एक आपसमा गाभिने सम्बन्धि प्रारम्भिक सम्झौतापत्र तर्जुमा गर्ने, अन्य प्रक्रिया पुरा गरी सोमा दस्तखत गर्ने कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्याङन गर्ने लेखापरिक्षक/परामर्शदाता नियुक्त गरी पारिश्रमिक तोक्ने लगायत सम्पूणर् मर्जर प्रक्रिया अवलम्बन गर्ने संचालक समितिलाई अख्तिहारी दिने निणर्यलाई अनुमोदन गर्नेछ ।

साथै सभाले आर्थिक वर्ष २०७७-७८ र २०७८-७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बीमा कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ १७ गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ । माघ १६ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


क्याटेगोरी : पूँजी बजार, बीमा
ट्याग : #शिखर इन्स्योरेन्स


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ