२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारग्लोबल आइएमई लघुवित्तको लाभांशको घोषणा, बोनश र नगद कति ?

ग्लोबल आइएमई लघुवित्तको लाभांशको घोषणा, बोनश र नगद कति ?


काठमाडौं — ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको छ ।

ग्लोबल आइएमइले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाको माघ ४ गते बसेको सञ्चालक समितिको १६५ औं बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँ बराबरको २० प्रतिशतले हुन आउने ११ करोड ५ लाख १७ हजार ८६५.२० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित २० प्रतिशत लाभांश मध्ये १२ प्रतिशतका दरले हुन आउने ६ करोड ६३ लाख १० हजार ७१९.१२ रुपैयाँ बराबरको बोनश शेयर र ८ प्रतिशतका दरले हुन आउने ४ करोड ४२ लाख ७ हजार १४६.०८ रुपैयाँ बराबरको नगद लाभांश ( कर प्रयोजन सहित ) वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् ।


क्याटेगोरी : पूँजी बजार
ट्याग : #ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ