काठमाडौं – सेयर बजार बिहिबार घटेको छ । नेप्से परिसूचकमा ०.४१ अंकले घटेर २१८३.२१ विन्दुमा आएर रोकिएको छ ।
आजको दिन २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँमा खरिदबिक्रि भएको छ ।
यस्तै, आज नेपाल समृद्वि फाइनान्सकोे सर्वाधिक सेयर कारोबार भएको छ । समृद्वि फाइनान्सको ९ करोड ७० लाख ९५ हजार भन्दा ७०६ रुपैयाँँ बराबरको सेयर बिक्री भएको छ ।
त्यस्तै, रिडी पावर कम्पनीको हाइड्रोपावरको ८ करोड ६१ लाख, आँखु खोला जलविद्युतको ७ करोड ३८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६७ लाख र अपी पावर कम्पनीको ६ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै,लुम्बिनी जनरल इन्स्योरेन्स,आर्दश लघुवित्त र बराही हाइड्रोपावरको सेयरको मूल्य १० प्रतिशतले बढेको छ ।
यस्तै, कुल १०१ कम्पनीको सेयरको मूल्य उकलो लागेको छ भने १०७ कम्पनीको सेयरको मूल्यमा ओरालो लागेको छ । साथै ५ कम्पनी भने स्थिर छ ।आज १३ उपसूचकहरु ६ बाहेक सबै कम्पनीमा उकालो लागेको छ ।