काठमाडौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले माघ २२ गते देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्ने भएको छ ।
त्यस्तै, आगामी फागुन १८ गते देखि बिपिडब्लुले सर्वसाधारणका लागि आईंपीओ जारी गर्ने भएको छ ।
लघुवित्तले जारीपुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने लागेको हो ।
निष्कासन गर्ने लागेको ९७ हजार कित्ता मघ्ये ९ हजार ७०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि,१ हजार ५०० कित्ता लघुवित्त कम्पनीमा कार्यगत कर्मचारीको लागि र ४ हजार ८५० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुटा्यएको छ ।
बाँकी रहेको ८० हजार ९५० कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्ने लागेको हो ।
निष्कासित शेयरमा सर्वसाधारणले आगामी फागुन २३ गते सम्म आवेदन दिन पाउनेछन् र सो अवधिमा माग बमोजिम आवेदन नपरे चैत २ गतेसम्ममा आवेदन दिन सकिनेछ ।
त्यस्तै,वैदेशिक रोजगारीमा रहेकाहरुले माघ २२ गतेसम्म देखि फागुन ०८ गते सम्ममा आवेदन दिन सकेन्छन् । लगानीकर्ताले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले १० कित्ता देखि १ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन् ।
साधारण सेयर निष्कासनका लागि लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ ।