२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसेबोनको चेतावनी अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही

सेबोनको चेतावनी अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही


काठमाण्डौ। नेपाल धितोपत्र बोर्डले अनुमति प्राप्त नगरी वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

धितोपत्र बोर्डले माघ १५ गते आइतबार एक सूचना जारी गदै वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था रहेको र बोर्डले हालसम्म वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति प्रदान नगरेको जानकारी गराएको छ ।

बोर्डले वस्तु विनिमय बजार संचालन गर्न कम्पनी संस्थापना गर्न पूर्व स्वीकृतिका लागि निवेदन दिने सम्बन्धी मिति २०७९।०६।०२ मा सूचना प्रकाशित गरेकोमा सम्मानित सर्वोच्च अदालतको अल्पकालिन आदेश बमोजिम उक्त सूचनासँग सम्बन्धित सम्पूण प्रकृया यथास्थितीमा स्थगित रहेको जानकारी गराएको छ ।

पछिल्लो समयमा कुनै संस्था/कम्पनीबाट वस्तु विनिमय बजार सम्बन्धी कारोबार भईरहेको भन्ने जानकारीे प्राप्त भएकोले यसमा बोर्डको गम्भिर ध्यानाकर्षण भएको सुचनामा उल्लेख छ ।

वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसायहरु अनुमति नलिई संचालन गरेमा गैरकानुनी हुने र प्रचलित कानुन बमोजिम कारबाही हुने बोर्डले चेतावनी दिएको छ ।
बोर्डले आम लगानीकर्ताहरुलाई विना अनुमति संचालित वस्तु विनिमय बजार तथा व्यवसायी मार्फत वस्तु विनिमय बजार सम्बन्धी कुनै किसिमको कारोबार नगर्न/नगराउन अनुरोध गरेको छ ।


क्याटेगोरी : पूँजी बजार
ट्याग : #नेपाल धितोपत्र बोर्ड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ