२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्सेमा यूनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

नेप्सेमा यूनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन


काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यूनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेमा यूनियन लाइफ इन्स्योरेन्सको ८.९७ प्रतिशत बोनश सेयर समायोजन भएको हो । समायोजनपछि यूनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य कित्ता ४७८.११ रुपैयाँ कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यूनियन लाइफको सेयर मूल्य समायोजन गरेको हो।  अघिल्लो कारोबार दिन यूनियन लाइफको सेयर ५२१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ ।


क्याटेगोरी : पूँजी बजार, बीमा
ट्याग : #यूनियन लाइफ इन्स्योरेन्स, #सेयर मूल्य समायोजन


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ